नियम ७४
संशोधन सम्बन्धी शर्त

कुनै प्रस्तावको सम्बन्धमा संशोधन प्रस्ताव पेश गर्दा देहायका शर्तको पालना गर्नु पर्नेछ ः-
(क) मूल प्रस्तावको सिद्धान्त विपरीत हुन नहुने,
(ख) मूल प्रस्तावको विषयसँग सम्बद्ध हुनुपर्ने,
(ग) बैठकले पहिले गरिसकेको निर्णयसँग बाझिएको हुन नहुने, र
(घ) स्पष्ट अर्थ दिने हुनुपर्ने ।